
भोजपुुर २१ जेष्ठ ।
सोमबार भोजपुर सदरमुकामबाट विराटनगर तर्फ जादै गरेको जीप भोजपुर नगरपालिका –८ दुम्सीकामा दुर्घटना भएको छ । जीपमा जलश्रोत अनुसन्धान तथा विकास केन्द्रका सिनियर डिभिजनल इन्जिनियर रवि शाक्य, लेखा अधिकृत कृष्णप्रसाद खनाल, इन्जिनियर अशोक गौतम, सिंचाइ विभागका सिनियर डिभिजनल इन्जिनियर एकराज भटटराई र चालक सन्तोष लामिछाने सवार थिए । हाइडोलिक ¥याम्प निरिक्षण तथा सोलार लिफ्टिङ अध्यायन गर्ने क्रममा जीप दुर्घटना भएको हो ।
हेर्नुस : दुर्घटनामा क्षति ग्रस्थ भएको जीप
जलस्रोत अनुसन्धान तथा विकास केन्द्र पुलचोक ललितपुरको बा २ झ २१६७ नम्वरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका ईन्स्पेक्टर पाण्डब कुमार राजवंसीले बताए ।
जीप मोडमा अनियन्त्रित भई सडकबाट करिव पाँच मिटर तल खसेको थियो । दुर्घटनामा कुनै मानविय क्षती नभएको प्रहरीले जनाएको छ ।






















