मापदण्डविहीन औषधी पसल


काठमाडौँ । औषधि भण्डारणका लागि औसतमा २५ देखि ३० डिग्रीको तापक्रम आवाश्यक पर्छ । त्यसमाथि ओस नभएको र सुख्खा ठाउँमा औषधि राख्नुपर्ने हुन्छ । तर के बिरामीले सेवन गर्ने औषधि यस्तो न्यूनतम मापदण्डभित्रकै हुन्छन् त रु यो प्रश्नप्रति धेरैको ध्यान पुग्ने गरेको छैन । तपाईं हामी सबैले देख्ने गरेका छौँ, ‘अधिकांश फार्मेसी जस्ताको छाना भएका सटर, एक तले घर, घाम लाग्दा सबै औषधि घामले तात्ने र पानी पर्दा भिज्ने गरेका दृश्य प्रशस्तै देखिन्छन् । जानकारहरुका अनुसार धेरैजसो औषधि ३० डिग्रीभन्दा माथि तापक्रम भएको खण्डमा त्यस्तो ठाउँमा राखेको औषधि विग्रँर्दै जाने सम्भावना हुन्छ ।

भण्डारण गर्दा केही घण्टाका लागि गर्मीमा औषधि राख्दा समस्या नभए पनि सधैँ गर्मीमा राख्ने औषधि बिग्रन्छन् ।सहरी क्षेत्रमा औषधि व्यवस्थापनमा केही हदसम्म राम्रो भए पनि समग्र नेपालको फार्मेसीको अवस्था हेर्ने हो भने एक तल्ले भवन, जस्ताको छाना भएको घर र फार्मेसीको भित्रसम्म नै घाम पुगिरहेका भेटिन्छन् ।

युवराज भुसालले फार्मेसी सञ्चालन गरेको लामो समय भयो । उनी फार्मेसी क्षेत्रलाई व्यवसायभन्दा पनि सेवामूलक ठान्छन् । विश्व स्वास्थ्य सङ्गठनको नीति नियम अनुसार नेपालको औषधि भण्डारणका लागि फार्मेसी नचलेको उनको तर्क छ ।

नेपाल फार्मेसी सङ्घका महासचिवसमेत रहेका भुसाल भने फार्मेसीको भण्डारण तत्काल सुधार गर्न नसके पनि घामको किरण छेकिने गरी कालो सिसा राख्ने, पर्दा राख्ने र घाममा राख्दा नबिग्रने औषधिलाई घाममा राख्ने हो भने औषधि भण्डारणमा देखिएको समस्या केही कम हुने बताउँछन् ।

औषधि उत्पादनदेखि उपभोक्तासम्म कसरी सुरक्षित तरिकाले औषधि पु¥याउने भन्ने कुरालाई डब्लूएचओको नीतिमा उल्लेख छ । जस्ताको छाना भएको ठाउँमा फार्मेसी पसल राख्नै हुँदैन, त्यति मात्रै होइन घाम लाग्ने ठाउँमा पनि फार्मेसी पसल राख्न मिल्दैन । तर घाममा औषधि राख्दा औषधिको बट्टाको कलर नै डिस्कलर भइसकेको पाइन्छ । यसले गर्दा यसरी राखिएका औषधिमा फिजिकल र केमिकल प्रपोर्टीमा परिवर्तन हुने सम्भावना हुन्छ । अर्थात यस्तो औषधि बिरामीले खाँदा काम नगर्ने र रोग निको नहुने भुसाल बताउँछन् ।

नेपाल फार्मेसी सङ्घका महासचिवसमेत रहेका भुसाल भने फार्मेसीको भण्डारण तत्काल सुधार गर्न नसके पनि घामको किरण छेकिने गरी कालो सिसा राख्ने, पर्दा राख्ने र घाममा राख्दा नबिग्रने औषधिलाई घाममा राख्ने हो भने औषधि भण्डारणमा देखिएको समस्या केही कम हुने बताउँछन् ।

घामबाट जोगाउनुपर्ने औषधि जोगाउन सकिएन भने त्यो औषधिले बिरामीको स्वास्थ्यमा प्रतिकूल असरसमेत गर्नसक्छ । उदाहरणका लागि रेबिजको सुई लगाउँदा पनि पछि रेबिज हुनसक्ने सम्भावना हुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार