
काठमाडौं । प्रहरीले यात्रुबाहक बसमा लुटपाट गर्ने गिरोहलाई पक्राउ गरेको छ । जेठ १७ गते बिहान ३ बजेको समयमा पूर्व–पश्चिम राजमार्गको बाराको सिमरा उपमहानगरपालिका–१६ चौधकिलोस्थित जंगलमा काठमाडौंबाट महोत्तरी आउँदै गरेको बस लुटपाट भएको थियो । जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी सानुराम भट्टराईले काठमाडौंबाट महोत्तरी आउँदै गरेको ना७ख २७९० नम्बरको रात्रीकालिन यात्रुबाहक बस लुटपाट गर्ने ७ जनाको गिरोहलाई आइतबार पक्राउ गरिएको जानकारी दिए ।
बा७च ४८७६ नम्बरको रातो स्कारपियो गाडी, ज१२प ४६८० र बा८६प ९७७१ नम्बरको पल्सर मोटरसाइकलमा आएका ७ जनाको समूहले उक्त यात्रुबाहक बसलाई नियन्त्रणमा लिई बसमा रहेका सहचालकलाई कुटपिट गरी नगद करिब ५० हजार चोरेर भागेको एसपी भट्टराईले बताए ।
पक्राउ पर्नेहरुमा सर्लाही हरीवन नपा९१० बस्ने स्कारपियो चालक बर्ष २७ को दिल कु। दोङ्ग, हरिवन नपा ८ बस्ने बर्ष २४ को बिजय लामा, सिन्धुली हरीहरपुर गापा ९७ बस्ने बर्ष ३६ को टाईगर भन्ने सुनिल तामाङ्ग, रौतहट गुजरामाइ नपा ( २ बस्ने बर्ष ३४ को ज्ञान ब। थिङ रहेका छन् ।
यस्तै काभ्रे महाभारत गापा ९२ बस्ने बर्ष ३० को बिशाल पाख्रिन, महोत्तरी बागडा–५ घर भई हाल बर्दिबास नपा–११ बस्ने वर्ष २१ को सन्तोष भन्ने रमेश कुमार र सिन्धुली मरीन गापा ९५ घर भै हाल बारा निजगढ नपा ९ ८ बस्ने बर्ष २६ को संघर्ष थिङ रहेका छन् ।
बसमा सवार यात्रुहरुले दिएको हुलियाको आधारमा खोजतलास गर्दा उनीहरुलाई पक्राउ गरिएको एसपी भट्टराईले बताए । पक्राउ परेका सातै जनालाई डाँका मुद्दामा जिल्ला अदालतले ५ दिनको म्याद थपेर हिरासतमा राख्न आदेश दिएको छ । उनीहरुले ४५ हजार नेपाली रुपैयाँ, २ हजार भारतीय रुपैयाँ र एक थान सामसुङ मोबाइल लुटपाट गरेका थिए ।






















