
विर्तामोड । झापाको मेचीनगर ७ का एकै परिवारका बाबुछोराको भारतमा रेलले किचेर मृत्यु भएको छ । मेचीनगर ७ गैरीगाँउका दुइजनाको भारतको पश्चिम बंगालको नक्सलबारीमा रेलले किचेर मृत्यु भएको भारतीय संचारमाध्यमले जनाएको छ ।
घटनामा परी अर्का एकजना घाइते भएका छन् । उनको चिन्ताजनक अवस्थामा उपचार भइरहेको ट्रेड युनियनका स्थानीय नेता गोपाल शिवाकोटीले जानकारी दिए । मृत्यु हुनेको नाम खुलेको छैन । घटनामा परी अर्का एक महिला गम्भिर धाइते भएकी छन् । उनको भारतकै एक अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
इलाका प्रहरी कार्यालय काँकडभिटाका डिएसपी महेश थापाले घटना भएको पुष्टी गरेका छन् । उनका अनुसार अहिले उनीहरूको भारतमा पोष्टमार्टम भइरहेको छ । उनीहरूको पहिचान भने हुन नसकेको थापाले बताए । आइतबार साँझसम्ममा शब नेपाल ल्याएपछि घटनाबारेको बारेमा भन्न सक्ने थापाले बताए ।






















