महोत्तरी । महोत्तरीको बर्दिवास नगरपालिकाको मुल गेटमा शक्तिशालि आरसिआइडी बम फेला परेको छ । उक्त बम रेडियो कन्टोल बम भएकाले टाढा बाट पनि बिस्पोट गराउन सकिने प्रहरीले जनाएको छ ।
अहिले त्यस स्थानमा नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाइएको प्रहरी नावय उपरीक्षक निशान खड्काले बताउनु भयो । जिल्लामा बिहानै देखि बन्दको प्रभाव परेको छ । बजार, पसल तथा शैक्षिक संस्था बन्द छन् । बन्दका कारण छोटो तथा लामो दूरीका सवारी साधन समेत चल्न सकेका छैनन् ।






















