भोजपुरमा प्रहरी मुठभेटमा घाइते घिमिरेको उपचारको क्रममा मृत्यु


भोजपुर,८ जेठ ।
भोजपुरमा प्रहरी मुठभेटमा घाइते भएका र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीका कार्यकर्ताको उपचारको क्रममा मृत्यु भएको छ । टेम्केमैयुङ गाउँपालिका वडा –१ तिम्माको धोद्रे जङ्गलमा प्रहरी र चन्दका कार्यकर्ता विच मुठभेट हुँदा मंगलबार दिउँसो प्रहरीको गोली लागी षडानन्द नगरपालिका वडा नं. २ कुदाककाउले घर भएका विप्लव कार्यकर्ता ३२ वर्षीय तिर्थराज घिमिरे घाइते भएका थिए ।
घाइते घिमिरेको उपचारको क्रममा आज विहान ३ः ३० बजे विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानकारी दिए ।
भोजपुरको भैसीपंखाको भिरको सडकमा ढुङगा झरेर बाटो अवरोध भएपछि घिमिरेलाई धरान पु¥याउन समस्या भएको प्रजिअ खतिवडाको भनाई छ । प्रजिअ खतिवडाले भने‘ घिमिरेको धरानमा उपचारको क्रममा मृत्यु भएको हो, घटना भएको स्थलबाट सडक सम्म बोकेर ल्याउन प्रहरीलाई पाँच घण्टा लाग्यो, त्यस पछि भैंसीपंखामा सडक अवरोध हुँदा हामीले च्याङ्ग्रेबाट एम्वुलेन्स मगाएर पठाएका थियौ, पु¥याउन समय लागेको कारण धेरै रक्तश्राप हुँदा मृत्यु भएको हुन सक्छ ।’

घिमिरेको साथमा हतियारसमेत फेला परेको बताइएको छ । सो ठाउँ छिनामखु र खोटाङ्गको केपलासगढी गाउँपालिकाको सिमा क्षेत्रमा पर्दछ । सो क्रममा कार्यकर्ताहरुले प्रहरीमाथि फायर खोलेको र जवाफी कारवाहीमा घिमिरेलाई गोली लागेको प्रजिअ खतिवडाको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार