चेक बाउन्स मुद्दामा मोडल खुश्बु ओलीलाई यस्तो फैसला


काठमाडौं । मोडल तथा समाजसेवी समेत रहेकी खुश्बु ओली चेक बाउन्स मुद्दामा दोषी ठहर भएकी छन् । जिल्ला अदालत काठमाडौंले उनलाई दोषी ठहर गरेको हो ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले ओलीलाई ३ महिना कैद, ३ हजार जरिवाना र चेक वापतको रकम सावा र ब्याजसहित तिर्नुपर्ने ठहर फैसला गरेको छ ।

ओलीले काटेको ३६ लाख रुपैयाँ बराबरको कुमारी बैंकको चेक बाउन्स भएको भन्दै सप्तरीका गोपाल कटुवालले मुद्दा दायर गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार