५० वर्ष सम्म कम्युनिष्टकै राज हुन्छ : मन्त्री जीवन घिमिरे


भोजपुर ७ जेष्ठ ।
सरकारले यो कार्यकालमा राम्रो काम गरेर देखाउने सके अबको ५० वर्ष कम्युनिष्टकै राज हुने प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताएका छन् । मंगलवार भोजपुरमा नेकपा पार्टी कार्यकर्ताहरु सँग भेटघाटको क्रममा मन्त्री घिमिरेले यस्तो बताएका हुन ।

मन्त्री घिमिरेले अब पार्टी एकता टुंगिसकेकाले हिजो को कहाँबाट आयो नभनी एउटै धार भएर नेता कार्यकर्ताहरु अघि बढ्नुपर्नेमा , समेत जोड दिएका छन् । सरकारको कामबाट कांग्रेस आत्तिएको टिप्पणी गर्दै उनले भने, ‘तलदेखि माथिसम्म जताततै नेकपाको वर्चस्व देखेर कांग्रेसमा कुण्ठा पलाएको छ, हामीले कुराले नभइ कामले जवाफ दिन सक्नुपर्छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार