अमेरिका जाने डीभी चिट्ठाको नतिजा सार्वजनिक, यसरी हेर्ने नतिजा


काठमाडौं, २५ वैसाख । अमेरिकी डाइभर्सिटी भिसा अर्थात् ईडीभी २०२० को नतिजा सार्वजनिक भएको छ ।  गएको असोज १७ गतेदेखि कात्तिक २० गतेसम्म ईडीभीका लागि आवेदन खुलाइएको थियो । ईडीभी को नतिजा नेपाली समय अनुसार मंगलबार बेलुका ९ बजेर ४५ मिनेटमा सार्वजनिक भएको थियो ।

नतिजा https://www.dvlottery.state.gov मा गएर हेर्न सकिन्छ । डीभी भर्दा दिइएको कन्फरमेसन नम्बरका आधारमा आफूलाई डिभी परेको वा नपरेको जानकारी लिन सकिन्छ ।

ईडीभी आवेदन भरेका अधिकांशले हेरिरहेकाले वेबसाइट खुल्न भने कठिन भइरहेको छ । ईडीभीका विजेताहरुले सन् २०१९ को अक्टोबर १ देखि अमेरिकाको भिसा प्राप्त गर्न शुरू गर्नेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार