
भोजपुर, २२ वैशाख । भोजपुरमा पानीमा डुबेको अवश्थामा एक जनाको शव फेला परेको छ । भोजपुर नगरपालिका वडा नम्बर १० भैसीपंखाका २३ वर्षीय बसन्त तामाङको शव पानीमा डुबेको अवश्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । गत १८ गते घर बाट हिडेका तामाङको शव शनिबार दिउँसो ४ बजे तिर घर मुनि नजिकै पानीमा डुबेको अवश्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरीक्षक केशव कुमार थेवेले बताए । तामाङ पहिले बाट नै मानसिक सुन्तुलन ठिक नभएको र छारे रोगको विरामी भएको पारीवारीक स्रोतले जनाएको छ । तामाङको शवलाई आवश्यक कानुनी प्रक्रिया पुरा गरी पोष्र्टमाटम पछि परीवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

















