सुनसरीको भाण्टावारीमा हात्ती आतंक, तीनवटा घरमा पुर्यायो क्षती


भाण्टावारी । कोशी टप्पु वन्यजन्तु आरक्ष बाट आएको हात्तीको समूहले भाण्टावारीमा तीनवटा घरमा क्षती पुर्याएको छ । शुक्रबार राति ४ वटाको संख्यामा आएको हात्तीको समूहले कोशी गाउँपालीका ८ भाण्टावारीका कासिम मिया, मोसिम मिया र हजरत मियाको घरमा तोडफोड गरेको थियो । दिनहुँजसो कोशी टप्पु वन्यजन्तु आरक्ष पश्चिम् कुसाहा बाट गाउँ पस्ने हात्तीको समूहले सो क्षेत्रका बासिन्दा राति जाग्राम बस्दै आएको छ ।

हात्ती आक्रमण रोक्न र पीडित लाई क्षतिपूर्ति उपलब्ध गराउन स्थानीयले माग गरेको छ । हात्ती गाउँ पसेको बारे आरक्ष प्रशासन लाई जानकारी गराउदा समेत कोही हेर्न समेत न आएको स्थानीय जमिल मियाले गुनासो गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार