
भोजपुर,१९ बैशाख।
पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइरालाले आफ्ना आमा बाबुको नाममा स्थापना गरेको अक्षयकोषको रकमबाट विद्यार्थीलाई छात्रवृति वितरण गरेका छन् ।
कोइरालाले भोजपुर नगरपालिका वडा नम्बर -७ मा रहेको विद्योदय माध्यामिक विद्यालयका २०७४ सालको कक्षा ८ को परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउने छात्र र छात्रालाई छात्रवृत्ति वितरण गरेका हुन् । उनले बाबु आमाको नाममा स्थापना गरेको ‘वेदनिधि धनकुमारी कोइराला’ को अक्ष्यकोषबाट सवोत्कृष्ट अंक ल्याउने छात्रा प्रतिबिम्ब राई र तर्फ छात्र सरोज राईलाई जनहि रु.१० हजार प्रमाण पत्र र स्वर्णपदक सहित पुरस्कृत गरेका हुन् ।

त्यस्तै २०७४ सालको कक्षा ११ को परिक्षामा विज्ञान विषय तर्फ सर्वोत्कृष्ट अंक ल्याउने छात्रा निमलम्बु शेर्पालाई पनि नगद रु.२० हजार, प्रमाण पत्र र स्वर्णपदक सहित सम्मान गरिएको छ ।
त्यस्तैगरि भोजपुर नगरपािलका वडा नम्बर ८ पोखरेमा रहेको सरस्वती आारभुत विद्यालयमा पनि २०७४ सालको वार्षीक परीक्षामा उतकृष्ट हुने आषीस भुजेल र सुजता खड्का र २०७५ सालको वार्षीक परिक्षामा उत्कृष्ट अंक ल्याउने असोक तामाङ र अनिषा भुजेललाई सोही अक्षय कोषबाट नगद जनहि रु.४ हजार १५ रुपैंया प्रदान गरिएको छ ।


















