भोजपुरमा व्युटिसीयन र ड्राइभिङ तालिम शुरु


भोजपुर,१९ बैशाख ।
भोजपुर सदरमुकाममा विपन्न लक्षित व्युटिसीयन र ड्राइभिङ तालिम सुरु भएको छ । स्थानीय पूर्वाधार विभाग राष्ट्रिय ग्रामीण यातायात सुदृढिकरण कार्यक्रम जोखिमपूर्ण समुदाय विकास योजना तथा लैङगिक कार्ययोजना शिप विकास तालिम अन्तर्गत १५ दिने व्युटिसीयन, र एक महिने ड्राइभिङ तालिम विहिवारबाट सुरु भएको हो ।


एसएनआरटिपी अन्तर्गत प्रभावित क्षेत्रका विपन्न र पिछडीएको समुदायका व्युटिसीयन तर्फ ९ जना र ड्राइभिङ तर्फ १० जनाको सहागीता रहेको छ ।
स्थानीय पूर्वाधार विभाग राष्ट्रिय ग्रामीण यातायात सुदुढिकरण कार्यक्रम अन्र्तगत भोजपुर दिंला मुलपानी केउरेनीपानीमा एक सय ३५ र भोजपुर मानेभञ्ज्याङ रानीबास घोरेटार सडककमा एक सय २३ घर प्रभावित रहेका छन् ।

तालिमको पूर्वाधार कार्यालय भोजपुरका प्रमुख राजनराज रेडिले उद्घाटन गरेका हुन् । ENPERED नेपालको आयोजनामा भएको तालिमको सहजिकरण पूर्वाधार विकास कार्यालय भोजपुरले गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार