ताप्लेजुङमा चार नाल भरुवा बन्दुक बरामद


ताप्लेजुङ, १८ बैशाख । ताप्लेजुङको विभिन्न ठाउँबाट प्रहरीले ४ नाल भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला पारेको छ भने २ नाल हतियार प्रहरीलाई बुझाएका छन् ।

मंगलवार बेलुका ७ बजे प्रहरी चौकी सिवाबाट खटिएको प्रहरी टोलीले फक्तालुङ गाउँपालिका-३
लिङखिममा रहेको ओढारमा बेवारिसे अवस्थामा लुकाई राखेको २ नाल, प्रहरी चौकी फुलवारीबाट खटिएको प्रहरी टोलीले आठराई त्रिवेणी गाउँपालिका-२ फुलबारीस्थित ओकाटे ढुंगाको ओढारबाट १ नाल, प्रहरी चौकी हाङपाङबाट खटिएको प्रहरी टोलीले सोही गाउँपालिका- ३ हाङपाङस्थित सोबुदा जंगलबाट १ नाल भरुवा बन्दुक बरामद गरेको हो ।

 

त्यसैगरी पाथिभरा-याङवरक गाउँपालिका- १ नाङखोलेङ छिपछिपे बस्ने तक बहादुर गुरुङले प्रहरी चौकी मेवाखामा २ नाल भरुवा बन्दुक बुझाएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । बरामद गरिएको बन्दुकको सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार