
भोजपुर, १७ बैशाख ।
विप्लव समुहका दुई कार्यकर्ताले रिहा भए लगतै पार्टी परित्याग गरेका छन । नगरपालिका वडा नम्बर –१० भैसीपंखाका दिपचन्द्र राई र रमेश राईले रिहा भएसंगै आज पार्टी परित्याग गरेका हुन् ।
विप्लव समुहमा संलग्न भई विभिन्न गैरकानुनी क्रियाकलापमा लागेको भन्दै दुवै जनालाई प्रहरीले गतवर्षको चैत्र २३ गते पक्राउ गरेको थियो । हिरासतमा रहेका दुवैजनालाई जिल्ला प्रशासन कार्यालय भोजपुरले ६ हजार धरौटीमा रिहा गरेको हो । दुवै जनाले रिहा पश्चात पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

प्रेस विज्ञप्ती मार्फत आफुहरु पार्टीको साधारण सदस्य समेत नरहने गरि पार्टी परित्याग गरेको बताएका हुन् । विज्ञप्तिमा विगतका गतिविधि प्रति आत्मसमिक्षा गर्दै अब उप्रान्त विप्लव समुहमा कुनै किसिमको आवद्धता नरहने उल्लेख छ ।
प्रतिवद्धता विपरित गतिविधि गरेमा कानुन अनुसारको सजाय भोग्न तयार भएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । दुवैजनालाई साधारण तारिखमा रिहा गरेको प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले जानकारी दिए ।






















