बालिकाको आत्महत्यापछि खुल्यो नयाँ रहस्य,आफनै छोरी बलात्कार गर्ने बाबु पक्राउ


बेलबारी । मोरङको बेलबारी ११ भाङबारीका ५६ बर्षिय अक्कलबहादुर लावती आफ्नै छोरीलाई यौन दुब्र्यबहार गरेको आरोपमा पक्राउ परेका छन ।१४ बर्षिया छोरी कला लावती ९नाम परिबर्तन० को जाहेरीका आधारमा उनलाई सोमबार पक्राउ गरिएको ईलाका प्रहरी कार्यलय बेलबारीका प्रहरी निरिक्षक रामकुमार राईले बताएका छन । लावतीले पटक पटक जेठी छोरीलाई यौन दुब्र्यबहार गर्दै आएको र पछिल्लोपटक बैशाख १ गते समेत यौन दुब्र्यबहार गरेका थिए । छोरीले आफन्तलाई सो कुरा सुनाएकी थिईन ।

सोमबार दिँउसो लावतीकी माईली छोरी १० बर्षिया ९रमा लावती० नाम परिबर्तनले कोठामा चुकुल लगाई आफनै घरको बरण्डामा झुण्डिएर आत्माहत्या गरेसँगै बबुको सो कर्तुत सार्बजनिक भएको हो । बहिनीको आत्माहत्यापछि पिडित दिदीले प्रहरीमा जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको र म्याद थप गरी अनुसन्धान थालिएको निरिक्षक राईले बताएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार