बिराटनगर हिँडेको बस दाङमा दुर्घटना,४ जना घाइते


बुटवल,१५ वैसाख। दाङको तुलसीपुरमा बस दुर्घटना भएको छ । तुलसीपुर- ६ हात्तीखौवामा बस दुर्घटना भएको हो ।

तुलसीपुरबाट बिराटनगर जादै गरेको ना५ख २२३४ नम्बरको बस सडकबाट २०० मिटर तल खसेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा ४ जना घाइते भएका छन् । घाइते हुनेहरुमा दंगीसरण गाउँपालिका(२ का जमुना वली, बबई- २ का सिताराम ओली तुलसीपुर- ५ का यज्ञबहादुर बिक र सल्यान सिद्धकुमाख गाउँपालिकाका गेहेन्द्र बस्नेत रहेको प्रहरीले जनाएको छ ।

बसमा कतिजना यात्रु सवार थिए भन्ने खुलेको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार