गृहमन्त्री थापाद्धारा जिल्ला प्रशासन कार्यालय भोजपुरको भवन उद्घाटन


भोजपुर,१५ वैशाख ।

गृहमन्त्री  रामबहादुर थापाले आज जिल्ला प्रशासन कार्यालय भोजपुरको भवन उद्घाटन गरेका छन् । १८ कोठा रहेको उक्त भवन चार करोड ४८ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले जानकारी दिए ।

भवन सरकारको लागतमा निर्माण भएको हो । विसं २०६० फागुन १९ गते पुरानो कार्यालय रहेको भवनमा आगजनी भएपछि सोही स्थानमा नयाँ कार्यालय भवन निर्माण गरिएको हो । भवनसँगै मन्त्री थापाले जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रको पनि उद्घाटन गरे ।

आपतकालीन केन्द्र सञ्चालनका लागि सात स्थानीय तहले एक/एक लाख रुपैयाँ बराबरको भौतिक सामग्री सहयोग गर्ने र भोजपुर नगरपालिका र षडानन्द नगरपालिकाको आर्थिक सहयोगमा नेपाली सेनाको व्यारेक परिसरमा नाइटभिजन सुविधासहितको हेलिप्याड निर्माण भइरहेको कार्यक्रममार्फत जानकारी दिइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार