विराटनगरमा खुकरी प्रहारबाट एक गम्भीर


विराटनगर । विराटनगर–१ मा खुकुरी प्रहारबाट शुक्रबार राति १० बजे एक जना गम्भीर घाइते भएका छन् । विराटनगर महानगरपालिका–२ का २४ वर्षीय विजय रामले खुकुरी प्रहार गर्दा विराटनगर–१ का १८ वर्षीय अर्जुन पोद्धार गम्भीर घाइते भएका हुन् । मदिरा सेवनपछि भएको सामान्य वादविवादका क्रममा पोद्धारमाथि खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ । घटनास्थल जिल्ला प्रहरी कार्यालय मोरङबाट लगभग एक किलोमिटरको दूरीमा छ ।

खुकुरी प्रहारबाट पोद्धारको कोखा, पेट र टाउकोमा गहिरो चोट लागेको छ । पेटबाट आन्द्रा बाहिर निस्किएको छ । घाइतेको विराट टिचिङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनामा संलग्न विजय रामलाई पक्राउ गरेर आवश्यक अनुसन्धान सुरु गरिएको जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार