विद्युत् सर्ट भएर काभ्रेमा १ जनाको मृत्यु


काभ्रे १४ वैशाख । घर ढलान गर्ने क्रममा विद्युत् सर्ट हुँदा काभ्रेमा १ जनाको ज्यान गएको छ । बनेपा–७ मा शुक्रबार राति घर ढलान गर्ने क्रममा विद्युत् सर्ट हुँदा सुनकोसी–५, सिन्धुलीका ४० वर्षीय शङ्कर तामाङको घट्नास्थलमै मृत्यु भएको हो ।

नेपाल प्रहरीका डीएसपी दीपकुमार गिरीले बनेपा–७, धनेश्वरका रुपबहादुर आलेमगरको घरमा शुक्रबार राति ढलान गर्ने क्रममा मिक्सरमा करेन्ट सर्ट भएर लागेको करेन्टबाट तामाङको मृत्यु भएको जानकारी दिए ।

मृतक तामाङको शव अहिले पोस्टमार्टमका लागि बनेपास्थित शीर मेमोरियल अस्पतालमा राखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार