नायब सुब्बा घुससहित पक्राउ


ईलाम । जिल्ला प्रशासन कार्यालय इलामका नायब सुब्बा विनोद जिसी र युवा स्वरोजगार कार्यक्रमका सदस्य सचिव भानुभक्त आचार्य घुस लिँदालिँदै रङ्गेहात पक्राउ परेका छन् ।

पासपोर्टको प्रतिलिपि बनाइदिने भन्दै सेवाग्राहीसँग ६ हजार रुपैयाँ घुस लिँदै गर्दा उनीहरू पक्राउ परेका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय इटहरीको टोलीले उनीहरूलाई पक्राउ गरेको सो कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार