नौबिसेलाई केन्द्र बनाएर फेरि तेस्रो पटक पराकम्प


काठमाडौं, ११ बैसाख । धादिङको नौबिसे केन्द्रबिन्दु बनाएर बुधबार दिउँसो तेस्रो भूकम्पको परकम्प गएको छ । बुधबार अपराह्न ३ बजेर ५ मिनेट जाँदा धादिङको नौबिसे केन्द्रबिन्दु भएर ३ दशमलव ९ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

बुधबार बिहान ६ बजेर २९ मिनेटमा ५ दशमलव २ रेक्टर स्केलको र ६ बजेर ४० मिनेटमा ४ दशमलव ३ रेक्टर स्केलको गरी ११ मिनेटभित्र दुई वटा परकम्प गएका थिए ।

पराकम्पको धक्का धादिङसहित उपत्यकामा पनि महसुस गरिएको थियो । २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर भूकम्प गएको ४ वर्ष पूरा हुन लाग्दा परकम्पहरु गएका हुन् । ठूलो भूकम्पपछि साना परकम्प वर्षौंसम्म आउने केन्द्रले जनाएको छ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार