
काठमाडौं, १० वैशाख । प्रहरीले रसुवाको टिमुरेबाट ७ किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ । केरुङ नाकामा सुन ल्याउँदै गर्दा शेर ग्याल्बो घले पक्राउ परेको रसुवाका डीएसपी सन्तोष तामाङले पुष्टि गरे । मंगलबार चेकजाँचका क्रममा स्याउ बोकेको ना ६ ख ९०६८ नम्बरको कन्टेनर ट्रकमा सुन फेला परेको उनले अनलाइनखबरलाई बताए । स्रोतका अनुसार ट्रक भन्सार जाँच पास गरेर त्यहाँसम्म आएको थियो ।






















