
सप्तरी, १० वैशाख । सप्तरीमा मंगलबार भएको दुई छुट्टाछुट्टै घटनामा दुई जनाको ज्यान गएको छ ।
शम्भुनाथ नगरपालिका(४ मा रहेको पूर्व पश्चिम राजमार्गको सडकखण्डमा पिकअप भ्यानको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको हो । पूर्वबाट पश्चिमतर्फ जादै गरेको को१च ८४०० नं।को पिकअप भ्यानले पैदल यात्री शम्भुनाथ नगरपालिका वडा न।(३ बस्ने ७० वर्षीय मखनि देवी थरुनीलाई ठक्कर दिइ घाइते भएकोमा उपचारको लागि लैजाँदै गर्दा बिच बाटैमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
ठक्कर दिने सवारी र चालक प्रहरीको नियन्त्रणमा रहेको तथा घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै सप्तरीकै हनुमाननगर कंकालिनी नगरपालिकामा एक जनाको लडेर ज्यान गएको छ । हनुमाननगर कंकालिनी नगरपालिका वडा न।२ बस्ने ६५ वर्षीय फनिक लाल सदा त्यसै नगरपालिका(३ मा रहेको दिनानाथ भद्रि मन्दिरमा पूजा गर्न गएको बेला अचानक बेहोस भएर मृत्यु भएको प्रहरीले जनाएको छ ।
बेहोश भएका सदालाई तत्काल स्थानीय मेडिकलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

















