नेकपाले टुंगो लगायो ७७ जिल्ला कमिटी अध्यक्ष र सचिव


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा सचिवालय बैठकले ७७ जिल्ला कमिटी अध्यक्ष र सचिवको टुंगो लगाएको छ । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ७७ जिल्लाकै जिल्ला कमिटी अध्यक्ष र सचिवको टुंगो लगाएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

आइतबार बिहान नेकपाका शीर्ष चार नेताले गरेको गृहकार्यपछि साँझ सचिवालय बैठक बसेको थियो । जिल्ला तहको एकताबारे भोली सार्वजनिक गरिनेछ । जिल्लाको नेतृत्व र भ्रातृ संगठनको नेतृत्व एकीरकण गराउने पहल करिब १० महिनापछि बल्ल सार्थक बनेको छ । नेकपाको स्थापना दिवसको अवसर पारेर भोलि प्रज्ञा भवनमा हुने कार्यक्रममा जिल्लाको नेतृत्व घोषणा हुने यसअघि नै तयारी गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार