हेलिकोप्टर दुर्घटनाः पर्यटनमन्त्री अधिकारीसहित ७ जनाकै निधन


काठमाडौं १५ फागुन। ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा मन्त्रीको निधन भएको सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेलले पुष्टि गरे ।

घटनास्थल पुगेको स्थानीय प्रहरीले ५ शव फेला पारेको प्रवक्ता सुवेदीको भनाई छ । ताप्लेजुङको फुङलिङ नगरपालिका १० स्थित फुरुंगो सिस्नेखोलास्थित दारेढुंगाको जंगलमा हेलिकप्टर दुर्घटनाग्रस्त भएको हो । हेलिकप्टर क्याप्टेन प्रभाकर केसीले उडाएका दिए । यस्तै विमानमा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित यती एयरलाइन्सका मालिक आङ छिरिङ शेर्पा र युवराज दाहाल, विरेन्द्र प्रसाद श्रेष्ठ, अर्जुन घिमिरे र विरेन्द्र बूढाथोकी सवार रहेका थिए । स्थानीयले घटनास्थलमा ६ जनाको शव फेला पारिएको जनाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार