हेलिकप्टर दुर्घटनामा ६ शब फेला


काठमाडौं१४ फागुन । एयर डाइनेष्टीको ९ एन एएमआई कल साइनको हेलिकप्टर ताप्लेजुङको पाथीभरा मन्दिर नजिकैको जंगलमा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनास्थलमा चिन्नै नसकिने अवस्थामा ६ शब  फेला परेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले पुष्टि गरे । घटनास्थल पुगेको स्थानीय प्रहरीले ६ शब फेला फेला पारेको प्रवक्ता सुवेदीको भनाई छ ।

ताप्लेजुङको फुङलिङ नगरपालिका १० स्थित फुरुंगो सिस्नेखोलास्थित दारेढुंगाको जंगलमा हेलिकप्टर दुर्घटनाग्रस्त भएको हो ।हेलिकप्टर क्याप्टेन प्रभाकर केसीले उडाएका दिए ।

यस्तै विमानमा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित यती एयरलाइन्सका मालिक आङ छिरिङ शेर्पा र युवराज दाहाल, विरेन्द्र प्रसाद श्रेष्ठ, अर्जुन घिमिरे र विरेन्द्र बूढाथोकी सवार रहेका थिए ।

यसैबीच सम्पर्कमा आएका एक स्थानीयले घटनास्थलमा ६ जनाको शव फेला पारिएको जनाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार