तरुण दल भोजपुरको नौ वटै स्थानिय तहमा जागरण अभियान (यस्तो छ कार्यतालिका)


भोजपुर, १४ फागुन ।
नेपाल तरुण दल जिल्ला कार्यसमिति भोजपुरले जिल्लाको नौ वटै स्थानिय तहमा जागरण अभियान तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने भएको छ । जरुणदलले मंगलवार भोजपुर सदरमुकाममा पत्रकार सम्मेलन मार्फत अभियानको विषयमा जानकारी दिएको हो ।

सरकारले सञ्चालन गरिएको निरंकुश शासन पद्धतीको भण्डाफोरसंगै जनतालाई सरकारको जनविरोधी कामको विषयमा जानकारी दिन अभियान सञ्चालन गर्न लागिएको तरुण दल भोजपुरका अध्यक्ष सरोज वस्नेतले जानकारी दिए । नौ दिन सम्म सञ्चालन हुने अभियान यहि फागुन १६ गते हतुवागढी गाउँपालिकाबाट शुरु हुने जनाईएको छ ।

त्यसपछि आमचोक गाउँपालिकाको बालंखा, रामप्रसादराई गाउँपालिकाको वैकुण्ठे, षडानन्द नगरपालिकाको दिंला वजार, साल्पासिलिछो गाउँपालिकाको चौकीडाँडा, अरुण गाउँपालिकाको प्याउली, पौवादुङुमा गाउँपालिकाको च्याङ्ग्रे, टेम्केमैयुङ्ग गाउँपालिकाको कोट र २७ गते भोजपुर वजारमा समापन हुने जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार