यायोक्खा भोजपुुरको अध्यक्षमा सिर्जना राई


भोजपुर १२ फागुन ।
किरात राई यायोक्खा जिल्ला कार्यसमिति भोजपुरको अध्यक्ष सिर्जना राई चयन भएकी छिन्। शनिवार राती सम्पन्न भएको किरात राई यायोक्खाको आठौ जिल्ला अधिवेसनले राईलाई निर्विरोध अध्यक्षमा चयन गरेको हो ।

त्यस्तै समितिको उपाध्यक्षहरुमा अनिता राई र रामध्वज राई निर्वाचित भएका छन् । त्यसैगरी सचिवमा विदुर राई सहसचिवमा राजिन कुमार राई, निरन राई, रामप्रसाद राई र कोषाध्यक्षमा रविनकाजी राई सहित १७ कार्यसमिति चयन गरेको हो । नव निर्वाचित अध्यक्ष राइले समितिको हकहितको लागि काम गर्ने वताउदै अधुरा तथा योजनामा रहेका कामलाई पुरा गरेर छाड्ने प्रतिवद्धता जनाइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार