भोजपुरको छिनामखुमा १० वर्षीय वालक मृत फेला


भोजपुर ९ फागुन ।

भोजपुुरको टेम्केमैयुङ गाँउपालिका –२ छिनामुखुमा एक बालक मृत फेला परेका छन । स्थानिय मनिस राईका १० वर्षी छोरा सन्देश राई मृत फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । बालकलाई बुधवार दिउसो आफ्नै घरमा झुन्डिएको अवस्थामा परिवारले फेला पारेपछि प्रहरीलाई खवर गरेका थिए ।

खवर पश्चात प्रहरी निरीक्षक पाण्डव कुमार राजवंसी टोली घटना स्थलमा पुगेर आवश्यक प्रक्रिया पुरा गरि सवलाई विहिवार नै जिल्ला अस्पताल भोजपुरमा पोष्टमार्टम गरि परिवारको जिम्मा लगाईएको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुुसन्धान भईरहेको प्रहरीको भनाई छ । आमाले वताए अनुसार वालक छिमेकीकोमा टिभी जान खोजेको तर जान नदिएपछि झुण्डीएको हुन सक्ने प्रहरीको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार