आगलागीमा १० लाखको क्षति


विराटनगर  । मोरङको सुन्दरहरैंचा नगरपालिका–५ का नेगी गुरुङको ग्वाली घरबाट बुधबार विहान सुरु भएको आगलागीमा परेर १० लाख मूल्य बराबरको क्षति भएको छ ।

विहान ३ बजे गाई वस्तुलाई खोले पकाउने क्रममा अचानक आगलागी हुँदा दुई तले टिनको छानो भएको ग्वाली घर पूर्ण रुपमा जलेर ध्वस्त भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार छिमेकी मोहन लिम्बूको फुसको छानो भएको ग्वाली घरमा समेत आगलागी हुँदा घरसहित पराल, काठ, भाँडावर्तन, अन्नपात जलेको छ । आगो दमकल, स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार