
भोजपुर, ७ फागुन ।
भोजपुर सदरमुकाममा निशुल्क अन्तराष्ट्रिय स्तरको स्वास्थ्य तालिम सञ्चालन हुने भएको छ । दिस्कोभरी रोयल स्पोर्ट कम्पनी युएईको आयोजना र भोजपुर सेवा समाज युएई सह आयोजकमा निःशुल्क प्राथमिक उपचार सम्बन्धित तालिम सञ्चालन गरिने भएको हो ।
यहि फागुन १२ गते आईतबार प्राथमिक उपचार तालिम आयोजना गर्न लागेको भोजपुर सेवा समाज युएइका सह कोषाध्यक्ष टिकाराम वस्नेतले जानकारी दिए । प्राथमिक उपचार कै अभाव मा सर्वसाधारणले ज्यान गुमाउनु नपरोस् भनेर यस्तो तालिम आयोजना गर्न लागिएको भोजपुर सेवा समाज युएईका अध्यक्ष भीम थापाले जानकारी दिए ।
भोजपुर नगरपालिकाको सामुदायिक हलमा हुने तालिममा सहभागीलाई बेहोस् हुने,छारे रोग, अंग भंग भएका, घाँटी मा केहि अड्केको, करेन्ट लागेको,सर्प को टोकाइ , रक्तचाप ,आगोले पोलेको, बिस खाएको, हदयघात, दम,लु,लागेको आदि को प्राथमिक उपचार बारे प्रशिक्षण दिइने अध्यक्ष थापा ले जानकारी दिए । आगामी दिनमा पनि यस्ता कार्य हरु जिल्ला का हरेक क्षेत्रमा अझै सशक्त रुपमा गर्ने पनि समेत थापाले वताए ।