भोजपुर टक्सारमा भिमसेन मन्दिरको पुनः निर्माण


भोजपुर, ६ फागुन ।
भोजपुर नगरपालिका –१२ टक्सारको कोट डाँडामा रहेको पुरानो भिमसेन मन्दिरको पुनः निर्माण गरिएको छ । करिव ३५ वर्ष अगाडी स्वर्गीय कृष्ण प्रसाद श्रेष्ठ स्मृतिमा निर्माण गरिएको सो मन्दिर जीर्ण भएपछि वैदार कृष्ण प्रसाद ट्रष्टको तर्दथ समितिले

मन्दिरको पुनः निर्माण गरेको हो । मन्दिर करिव एक लाख ७५ हजार लागतमा निर्माण गरिएको समितिका संयोजक डम्वर कुमार श्रेष्ठले जानकारी दिए ।

समितिले मन्दिर निर्माणसंगै अन्य सामजिक काम गर्ने संयोजक श्रेष्ठले जानकारी दिए । मन्दिरको पुनःनिर्मािण करिव एक महिना अगाडीबाट शुरु गरिएको थियो । मन्दिरको उद्घाटन भने यहि ११ गरिने समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार