भोजपर ६ फागुन । भोजपुरको साल्पासिलिछो गाउँपालिका–६ का २५ वर्षीय शक्ति थुलुङ र कान्छी श्रीमती बन्न आउने पाँचथरको फालेलुङ गाउपालिका–८ याङनामकी २९ वर्षीया सम्झना जगेबुलाई प्रहरीले पक्राउ गरेको हो ।
श्रीमान्ले कान्छी श्रीमती भित्र्याएकाले कानूनबमोजिम पक्राउ गरी आवश्यक कारवाहीको माग गर्दै थुलुङकी जेठी श्रीमती सोमिला राईले जिल्ला प्रहरी कार्यालय पाँचथरमा जाहेरी दिनुभएको थियो ।
राईको जाहेरीका आधारमा उक्त जोडीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक अनिलकुमार पौडेलले जानकारी दिनुभयो । घटनाबारे अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।