भोजपुरकोे जनज्योति प्राविमा चङ्याङले क्षति


भोजपुर ५ फागुन ।
भोजपुर नगरपालिका– ५ मुडेमा रहेको जनज्योति प्रथामिक विद्यालयमा चट्याङले क्षति पु¥याएको छ । शनिवार दिउँसो वर्षादसंगै लागेको चट्याङबाट करिव ८० हजार बरावरको क्षति भएको विद्यालय प्रधानध्यापक पासाङदिकी सेर्पाले बताईन् ।

चट्याङले नयाँ भवनको पाँच ओटा खम्वा र पुरानो विद्यालय भवनको झ्याल, खम्वा गारो लगाएतमा क्षती भएको भोजपुर नगरपालिका वडा– ५ का वडाअध्यक्ष जस बहादुर राईले जानकारी दिए ।

शनिवार भएकाले मानविय क्षति भने नभएको विद्यालय स्रोतले बताएको छ । विद्यालयको पुरानो भवनमा कक्षा ४ र ५ को पढाई हुने गरेको भए पनि पुनः चट्याङ पर्ने डरले विद्यालयको खेलमैदानमा विद्यार्थीलाई पढाउनु परेको प्रधानध्यापक सेर्पाको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार