काठमाडौं, ३ फागुन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजीनामा दिनुभएको छ । पाठकलेकेही बेर अघि राष्ट्रपति कार्यालायमा राजीननामा पत्र दर्ता गराउनु भएको हो ।
चाँगुनारायण इञ्जिनियरिंग कलेजका अध्यक्षको पक्षमा काम गर्ने भन्दै ७८ लाख घुस खाएको भिडियो सार्वजनिक भएपछि सत्तारुढ दलले महाअभियोगको तयारी गरिरहेकै ेला आयुक्त पाठकले आज राजीनामा दिनुभएको हो ।
उहाँको राजीनामा राष्ट्रपति बिद्यादेवी भण्डारीसमक्ष पुर्याउने तयारी भइरहेको राष्ट्रपति कार्यालय स्रोतले बताएको छ । उहाले राजीनामा पत्र दर्ता गराएर जानुभयो, अव महामहिम समक्ष पेश गरिन्छ, राष्ट्रपति कार्यालयका एक अधिकारीले भने ।