जिल्ला अदालत भोजपुरको लक्ष्य भन्दा वढी उपलब्धी


भोजपुर, २ फागुन ।
जिल्ला अदालत भोजपुर लक्ष्य भन्दा वढी मुद्धा फछ्र्यौट गर्न सफल भएको छ । वर्षभिरमा ७५ प्रतिशत मुद्धा फछर्यौट गर्नु पर्ने भएपनि चालु आर्थीक वर्षको ७ महिनामा नै ७२ दशमलव ६८ प्रतिशत मुद्धा फछ्र्यौट गरेको अदालतले आज पत्रकार सम्मलेन मार्फत जानकारी दिएको छ ।

अदालतमा आएका २२७ ओटा मुद्धा मध्ये १६५ ओटा मुद्धा फछ्र्यौट गरेको जिल्ला अदालत भोजपुरका न्याधिस हरिश्चन्द्र इङ्नामले जानकारी दिए ।

अधिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका ५८ वटा मुद्धा सहित यो २ सय २७ वटा मुद्धा अदालतमा दर्ता भएका थिए । आदलतले यो अवधिमा ५१ वटा सम्बन्ध विच्छेद र जबरजस्ती करणीका २४ वटा मुद्धा फैसला गरेको छ ।

अदालतमा सम्बन्त्र विच्छेदका ७० वटा र जबरजस्ती करणीका २७ वटा मुद्धा दर्ता भएका थिए । त्यस्तै मेलमिलापका लागि पठाइएको ४९ वटा मुद्धा मध्ये २४ वटा सफल भएका छन् भने ९ वटा प्रक्रियामा रहेको श्रेष्तेदार राज कुमार दाहालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार