भोजपुर, १ फागुन ।
प्रदेश नम्वर १ का मुख्य मन्त्री शेरधन राईसंग जनताले प्रत्यक्ष रुपमा आफ्ना प्रश्न राख्न पाउने छन् । प्रदेश १ को शुसासन, जवाफदेहिता र पारदर्शिताको लागि मुख्य मन्त्री राईले पत्यक्ष रुपमा जनताका गुनासो तथा जिज्ञासा जवाफ दिने भएका हुन् ।
जनताका गुसानालाई सुनेर विकास गतिविधिलाई अगाडी वढाउन र प्रदेश सरकारले गरेका गतिविधिलाई पारदर्शी ढंगले जनता समक्ष ल्याउनको लागि ”जनतासंग मुख्य मन्त्री” भन्ने कार्यक्रम मार्फत हरेक १५ दिनमा जनताले आफ्ना प्रश्न मुख्यमन्त्रीसंग राख्न पाउने छन् ।
जुन कार्यक्रम प्रदेश नम्वर १ का ३० ओटा रेडियो र हिमशिखर टेलिभिजन प्रसारण गर्ने छ । कार्यक्रम (आज) वुधवारबाट शुरु भएको छ । भोजपुरबाट भने रेडियो उन्नतिले विहान ७ वजे र अन्य रेडियोले पनि प्रशारण गर्ने छन् ।