संखुवासभा, माघ २९ । संखुवासभाको मादीमा सञ्चालन गरिएको धार्मिक एकताको ज्ञान महायज्ञमा डा. शिरलामा गुरुङको आगमन भएको छ । खेन्पो बौद्ध दर्शन गुरुङको सोमबार आगमन भएको हो ।उनलाई मादी बहुमुखी क्याम्पसको महायज्ञ परिसरमा भव्य स्वागत गरिएको थियो । उनले मंगलबारदेखि प्रवचन दिने आयोजकले जनाएको छ । यसअघि बौद्ध आचार्यहरुले बौद्ध धर्मको प्रवचन दिइरहेका थिए ।
मादी बहुमुखि क्याम्पसको आर्थिक उन्नयनको लागि गरिएको बहुधार्मिक, बहुसांस्कृतिक महायज्ञमा हालसम्म ३४ लाख ५ हजार ३ सय ५ लाख सहयोग प्राप्त भएको आयोजकले जनाएको छ ।
महायज्ञमा हिन्दु, बौद्ध र किरात धर्मका धर्म गुरुहरुले प्रवचन दिइरहेका छन् । २०४४ सालमा स्थापना भएको मादी बहुमुखी क्यापसको आर्थिक अवस्था ज्यादै दयनिय भएकोले बृहत्तर क्यापसको शैक्षिक विकास गर्न महायज्ञ गरिएको आयोजकले जनाएको छ । क्याम्पसको आर्थिक उन्नयन, सामाजिक तथा धार्मिक एकताको सन्देश दिनको लागि महायज्ञको आयोजना गरिएको हो । मादी नगरपालिकाको प्रायोजन तथा मादी बहुमुखी क्याम्पसको आयोजनामा भएको महायज्ञ फागुन ४ गते सम्पन्न हुनेछ ।