काठमाडौ, २८ माघ । बिगत २६ महिनाको अथक प्रयासपछि खोटाङको थामखर्क विमानस्थन सोमवार उद्घाटन भएको छ । थामखर्क विमानस्थल आज सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले उद्घाटन गरेका हुन् ।
अब थामखर्क बिमानस्थलमा नियमित उडान भर्ने मन्त्री अधिकारीले प्रतिबद्धता जनाएका छन् । मन्त्री अधिकारी र नेपाल बायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले बाह्रै महिना नियमित उडान भर्ने प्रतिबद्वता जनाएका छन् ।
त्यस्तै उद्घाटन कार्यक्रममा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सन्जिब गौतमले बिमानस्थल निर्माणको बाकी अत्यावश्यक काम अबिलम्ब पुरा गरिने बताए ।