
भोजपुर,२८ माघ ।
भोजपुरमा मुख्यमन्त्री शेरधन राई आउने भएका छन् । यहि फागुन ४ गते पौवादुङगमा गाउँपालिकामा हुने विभिन्न कार्यक्रमको उद्घाटनसंगै
भवनको शिलन्यास गर्नको लागि राई सहितको टोली भोजपुर आउने गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए ।
राई चौथो भोजपुर ट्रेलको उद्घाटनसंगै सामदायिक भवन र दुङ्माली भाषा संग्राहलयको शिलन्यास गर्न गृह जिल्ला आउन लागेका हुन् । साथै राईले गाउँपालिकामा सञ्चालन हुन लागेको घुम्ती शिविरको समेत उद्घाटन गर्ने जनाइएको छ ।
शिविरमा महिलाको आङखस्ने समस्याको चेकजाँच, दाँत सम्वन्धी उपचार, आँखा शिविर र जिल्ला प्रशासन कार्यालयको सहयोगमा नागरिकता समेत वितरण गरिने गाउँपालिका अध्यक्ष राईले जानकारी दिए । आङखस्ने समस्या भएका विरामीलाई भने गाउँपालिकाको आर्थिक सहयोगमा अन्य सुविधा सम्पन्न अस्पतालमा पठाइने समेत उनले जानकारी दिए ।