भोजपुर, २७ माघ ।
भोजपुर क्याम्पसमा फ्रि वाइफाई जोनको उद्घाटन गरिएको छ । क्याम्पस प्रशासन तथा विभिन्न संघ सस्था सहयोगमा इन्टरनेट जडान गरि क्याम्पसलाई फ्रि वाइफाई जोन घोषणा गरिएको हो ।
आइतवार सरस्वती पुजाको अवसर पारेर जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण खड्काले इन्टरनेट फ्रि जोनको उद्घाटन गरेका हुन् । क्याम्पसमा स्ववियुको सक्रियातामा भोजपुरे हातेमालो समाज वहराइन,नेपाल वैक लिमिटेड क्याम्पस प्रसासनको सहयोगमा इन्टरनेट सेवा विस्तार गरिएको हो । क्याम्पसमा इन्टरनेट सेवा जडान गरिएपछि अध्ययन अध्यापनसंगै प्रशासनिक गतिविधि सञ्चालन गर्न सहज भएको भोजपुर वहुमुखी क्याम्पस सहायक क्याम्पस प्रमुख उत्तम सिं राईले जानकारी दिए ।
इन्टरने सेवा विस्तारको लागि भोजपुरे हातेमालो समाज वहराइनको २३ हजार १ सय ५०, नेपाल वैक भोजपुरको १५ हजार र क्याम्पस विकास कोषको २० हजार गरि जम्मा ५८ हजार ९सय ५० लगानी रहेकोे क्याम्पसका स्ववियू सभापति प्रकाश सिं राईले जानकारी दिए ।