भोजपुरमा जीपी फाउण्डेसनको कार्यालय उद्घाटनसंगै समिति गठन


भोजपुर,२२ माघ ।
नेपाली राजनीतिका शिखर पुरुष स्वर्गीय गिरिजाप्रसाद कोइरालाको नाममा स्थापना भएको जीपी फाउण्डेसनको भोजपुरमा कार्यालय उद्घाटन भएको छ । काङ्ग्रेस नेतृ सुजाता कोइरालाले स्थापना गरेकी फाउण्डेसन शाखाको मंगलवार एक कार्यक्रमको आयोजना गरी कार्यालय उद्घाटन गरिएको हो ।

कार्यक्रममा बोल्दै फाउण्डेसनका १ नम्बर प्रदेशकी संयोजक ईन्दिरा थापाले जीपीको प्रजातन्त्र, शान्ति र विकासको सपनालाई साकार पार्ने उद्देश्यकासाथ फाउण्डेसन समिति गठन गरिएको वताइन्। साथै उनले गरेका योगदानको अध्यन गरी शैक्षिक राजनितिक र सामाजिक छलफल गरी देशमा शान्ती स्थापनाका लागी फाउण्डेसनको स्थापना भएको वताइन् ।
सामुदायीक भवनमा भएको कार्यक्रममा गिरिजाप्रसाद कोइरालाको फोटो पनि प्रदशनी गरिएको थियो । निरकुमार विकको संयोजकत्वमा गठन भएको १३ सदस्यीय फाउण्डेशनका पदाधीकारीलाई -१ नम्बर प्रदेशकी संयोजक थापाले पदस्थापन पनि गराइन् । फाउण्डेशनको सहसंयोजक कर्ण मोक्त्तान, सचिव प्रमेश भारती, सहसचिव अजुर्न बस्नेत, कोषअध्यक्ष पुष्पलता कट्वाल सहित १३ सदस्यीय फाण्डेसन समिति रहेको छ । जिल्ला पार्टीि सभापती नन्दमणी राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पूर्व पार्टी सभापती बालकृष्ण थापा, भोजपुर बहुमुखी क्याम्पुसका प्राध्यापक डा. रोहित कुमार श्रेष्ठ, राजनितिक दलका प्रतिनिधी, नागरीक समाज, नेपाली काङ्ग्रेस सम्वद्ध विभिन्न संघ संगठन, जिल्लाका विभिन्न ठाउँका नेता तथा कार्यकर्ता सञ्चारकर्मी लगाएतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार