भोजपुरमा पनि काङ्ग्रेसको सरकार विरुद्ध विरोध ¥याली (भिडियो सहित)


भोजपुर, २१ माघ ।
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सोमवार सरकारविरुद्ध देशभर संगै भोजपुरमा पनि विरोध प्रदशन गरेको छ । काङ्ग्रेसले भोजपुरको जिरो वाइन्ट देखि निकालेको विरोध ¥याली चार भञ्याङ्गमा पुगेर कोण सभामा परीणत भएको थियो । कोण सभामा वोल्ने नेताहरुले केपी शर्मा वली नेतृत्वको सरकारले जनताको भावना अनुसार काम गर्न नसकेको वताएका थिए ।

कार्यक्रममा वोल्दे नेपाली काङ्ग्रेसका जिल्ला सभापति नन्दमनि राईले अहिलेको सरकार अधिनायकवाद तर्फ लागेको आरोप लगाए । उनले हालको सरकारले दुईतिहाईको दम्व देखाएर आफ्ना कामकारवाही अगाडी वढाएकोले यसले नेपाली जनताको आशा पुरा नहुने बताए ।त्यस्तै कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेसका पुर्व जिल्ला सभापति वालकृष्ण थापाले सरकारले हाल गरिरहेका क्रियाकलाप नसच्याए काङ्ग्रेसले आन्दोलनका कार्यक्रमलाई अझ वलियो वनाएर सदन र सडक दुवैबाट दवाव दिने बताएका थिए । उनले देशमा वलात्कार, भष्टचार जस्ता घटनाको दिनानुदिन वृदि भइरहेकोले यसको निराकरण गर्नुको साटो सरकारले आफ्नो कमजोरी प्रर्दशन गरिरहेको बताए ।

त्यस्तै कार्यक्रममा वोल्दै तरण दल भोजपुरका सभापति सरोज वस्नेतले सरकारले आफ्नो आचरण सच्याउनु पर्ने बताएका छन् । उनले नेपाली काङ्ग्रेसलाई सरकारले प्रतिपक्ष जस्तो नमानी दम्व देखाएर आफ्ना निर्णय गर्दै गएमा यसले हानी गर्ने समेत बताए । विरोध ¥यालीमा नेपाली काङ्ग्रेस सम्वद्ध विभिन्न संघ संगठन, जिल्लाका विभिन्न ठाउँका नेता तथा कार्यकर्ता सञ्चारकर्मी लगाएतको सहभागिता रहेको थियो ।

हेर्नुस भिडियो..

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार