काठमाडौं १९ माघ। सरकारले नायब सुब्बामा कुनै किसिमको परीक्षा नलिने प्रावधान गरेको छ । संघीय निजामती सेवासम्बन्धी विधेयकमा व्यापक थपघट गर्दै यस्तो व्यवस्था गरिएको हो । विधेयकअनुसार अब सचिव बन्नका लागि पनि नेतृत्व परीक्षण गरिने भएको छ ।
लोकसेवा आयोगले केही विषयमा असहमति जनाउँदै डेढ दर्जन सुझाव दिएपछि सरकारले सोहीअनुसार विधेयकमा प्रस्ताव गरिएका प्रावधान हेरफेर गरेको हो । विधेयकमा अब सहसचिवबाट सचिव बन्नका लागि पनि निश्चित योग्यता तथा नेतृत्व परीक्षण गरिने प्रावधान छ ।
नायब सुब्बाको खुला तथा आन्तरिक सबैखाले प्रतिस्पर्धा हटाइएको छ । खरिदारबाट नै बढुवाको आधारमा नायब सुब्बा हुने प्रावधान राखिएको छ ।
खरिदारको परीक्षाका लागि आवश्यक पर्ने योग्यता एसएलसीबाट आईए कायम गरिने भएको छ । समाचार राजधानी दैनिकमा प्रकाशित छ ।