काठमाडौं ।आफ्नै छोरीलाई बलात्कार गर्ने एक पुरुषलाई डेनमार्कमा २ वर्ष ६ महिना जेल सजाय भएको छ । तर उनले दिएको बयानले भने जो कोहिलाई पनि अचम्भित पार्ने खालको छ । उनले छोरीलाई नयाँ श्रीमती सम्झिएर सम्बन्ध राखेको उनले बयान दिएका छन् । केहि घण्टा अगाडी मात्रै विवाह गरेका ती ५० वर्षीय पुरुषले रातको समयमा बलात्कार गरेको थिए ।
आफ्नो अत्याधिक रक्सि सेवन गरेको कारण पीडित युवतीलाई आफन्तहरुले दुलही कोठामा सुताइदिएका थिए । आफ्नो खाटमा जाने अवस्थामा नरहेकी ती युवतीलाई पाहुनाहरुले दुलही कोठा सुताउँदा रातको २ बजेर ३० मिनेटको समय थियो । पीडित युवती बिहानको लगभग ४ देखि ५ बजेको समय अन्तरालमा बलात्कृत भएकी थिइन् ।
एउटै खाटमा नयाँ श्रीमती सम्झिएर आरोपीले छोरीलाई नै बलात्कार गरेको अन्तराष्ट्रिय समाचार पोर्टल मिररमा प्रकाशित छ । आफूलाई त्यस घटनाको खासै याद नभएको र आफू झुक्किएको उनको बयान छ । अदालतमा पेश गरिएको दस्ताबेजमा भनिएको छ,‘पीडित युवती माथि बलात्कार ४ देखि ५ बजेको समय अन्तरालमा भएको हो। पिडित युवतीले कुकर्म रोक्न बिन्ति गर्दा पनि पिताले भने लगातार बलात्कार गरिरहे ।’