
भोजपुर,१८ माघ ।
भोजपुर नगरपालिका –१ डाँडा वोखिममा एक युवती मृत अवस्थामा फेला परेकी छिन् ।स्थानिय ३० वर्षीय सृजना दर्जी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
दर्जीलाई विहिवार विहान घर नजिकै झुण्डिएको अवस्थामा स्थानियले मृत अवस्थामा फेला परेपछि प्रहरीलाई खवर गरेका थिए । खवर पश्चात प्रहरी निरीक्षक पाण्डव कुमार राजवंसी टोली घटना स्थलमा पुगेर आवश्यक प्रक्रिया पुरा गरि सवलाई पोष्टमार्टको लागि जिल्ला अस्पताल भोजपुर पठाएको जनाएको छ ।
घटनाको विषयमा थप अनुुसन्धान भईरहेको प्रहरीको भनाई छ ।