भोजपुर वजारबाट मासु काट्ने दाउ प्रहार गर्ने दिनेश सहित अर्का एक पक्राउ


भोजपुर, १७ माघ ।
जिल्ला प्रहरी कार्यालय भोजपुरले झै-झगडा गर्ने दुई जनालाई म्याद गरि अनुसन्धान थालेको छ । प्रहरीले टिकट विषयमा मासु काट्ने दाउ प्रहार गर्ने दिनेश राई र झगडामा सम्लग्न अर्का एक जनालाई वुधवार पक्राउ गरि ७ दिनको म्याद थपेर अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

टिकट विषयमा झगडा हुँदा भोजपुर नगरपालिका –५ का दिनेश राईले सोही वडा वस्ने फुर्वा तामाङलाई मासु काट्ने दाउ प्रहार गरेका थिए ।

दाउ प्रहारबाट उनिहरु विचको झगडा छुट्याउन गएका धरान -१२ सुमन तामाङ घाइते भएको प्रहरीको भनाई छ । घाइते तामाङ्गको हातमा ८ टाँका लगाएको प्रहरीले जनाएको छ । उनिहरु विच भोजपुरको डाँडा गाउँमा वुधवार करिव ३ वजे झगडा भएको प्रहरीको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार