देवा छ्योलिङ गुम्बाको उद्घाटन


भोजपुर, १५ माघ ।
भोजपुर नगरपालिका पाँचमा रहेको देवा छ्योलिङ गुम्बाको उद्घाटन गरिएको छ । मंगलवार एक कार्यक्रमको विच भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेले गुम्बाको उद्घाटन गरेका हुन ।

गुम्बा निर्माणका लागि भोजपुर नगरपालिका, नगरपालिकाका विभिन्न वडा, व्यक्ति व्यक्तित्व लगाएले सहयोग गरेको गुम्वा व्यवस्थापन समितिले जनाएको छ । जसका लागि भोजपुर नगरपालिकाको साडे पाच लाख आर्थिक सहयोग गरेको थियो । त्यसैगरि चार रोपनी जग्गा निशुल्क दान दिने प्रेम कुमार योञ्जन तामाङलाई सम्मान गरिएको छ ।


गुम्बा ३५ लाख लागतमा निर्माण सम्पन्न भएको गुम्बा व्यावस्थापन समिती अध्यक्ष रामप्रशाद लामाले जाकारी दिए । कार्यक्रम गुम्वा व्यवस्थापन समितिका अध्यक्ष रामप्रशाद लामाको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रमको सञ्चालन भव कृष्ण तामाङले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार