
उदयपुर, ११ माघ । जिल्लाका विभिन्न स्थानमा तीन जनाको मृत्यु भएको छ। भीरबाट लडेर एक वृद्धको मृत्यु भएको छ भने एक व्यक्तिको शव फेला परेको छ। त्यस्तै एक शिक्षक झुण्डिएको अवस्थामा फेला परेका छन्।
रौतामाई गाउँपालिका ३ बस्ने ८४ वर्षीय बुद्धिमान दमाई जनता माध्यमिक विद्यालय रसुवा स्कुल छेउको भिरालो पाखामा आठ दिनपछि मृत अवस्थामा परेको प्रहरीले जानकारी दिएको छ। उनी गत माघ २ गते ुछोरीको घर जान्छुु भनी हिँडेका थिए। यसैगरी चौदण्डिगढी नगरपालिका १ दूधकोशी सामुदायिक वनस्थित तथा बेल्टार रानीटारभित्र सडकखण्डको किनारमा मंगोलियन अनुहार भएका ३५्४० वर्षका वेवारिसे एक पुरुषकोे शव फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी राईले बताए।
यता उदयपुरगढी गाउँपालिका ३ मा रहेको आधारभूत प्राथामिक विद्यालय साँझबोटे स्कुलमा कार्यरत शिक्षक वर्ष ४७ का दानबहादुर तामाङ झुण्डिएको अवस्थामा फेला परेका छन्। प्रहरीचौकी उदयपुरगढीबाट प्रहरीको टोली पठाई अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी प्रमुख एसपी राईले बताए।















